सगरमाथामा : ८० बर्षे जापानिजले राखे रेकर्ड, ८२ बर्षीय नेपाली पालो कुर्दै

By
Advertisement
सर्वोच्च शिखर सगरमाथा चढेर नयाँ किर्तिमान बनाउने क्रम जारि रहेको छ
 यस्तैमा जापानका ८० बर्षीय यू चिरो मिउराले सगरमाथाको शिखरमा पुगी सबै भन्दा पाका आरोहिको किर्तिमान कायम गरेका छन् ।

यस अघि सन् २००८ मा नेपालका मीनबहादुर शेरचनले ७७ बर्षको उमेरमा सगरमाथा आरोहण गरेर सबै भन्दा पाका आरोहीको किर्तिमान राखेका थिए ।


शेरचनले २००८ मा मिउराको रेकर्ड तोडिदिएका थिए । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने कीर्तिमानी कायम गर्न शेरचन र मिउराबीच प्रतिपस्पर्धा नै देखिएको छ ।

८० बर्षका यी बृद्धले सेरचनको रेकर्डलाइ तोडिदिए पछि ८२ बर्षीय सेरचन पनि पुन सगरमाथा चढ्न पालो कुरेर सगरमाथाको आधार शिविरमा बसेका छन् ।

सन् २००३ र सन् २००८ मा सगरमाथा चढिसकेका मिउरा रोल्वालिङ ट्रेक्स् एण्ड एक्स्पिडिसनबाट आरोहणका लागि गएका हुन् । यो पटक मिउराका बाबु छोराले नै सगरमाथाको शिखरमा पाइला टेकेका छन् ।

Link: 80-year-old-japanese-man-reached-everest

0 comments:

Post a Comment