बेलायतमा दुइ व्यक्तिले हमला गरि एक व्यक्तिको टाउको काटेर हत्या गरि दिएका छन् । मिडिया रिपोर्ट अनुसार मृतक बेलायती सैनिक हुन् ।टेलिग्राफका अनुसार लण्डनको आर्मी ब्यारेक नजिकै भएको सैनिकको हत्या पछि प्रहरी गएर ती आक्रमणकारीलाइ गोलि हानि घाइते बनाएर हिरासतमा लिएका छन् ।
घाइते आक्रमणकारिको अहिले उपचार भैरहेको छ । प्रहरीले ति दुवै संग हतियार रहेको बताएको छ ।
सुरुमा ती आक्रमणकारीले सैनिकलाइ कारले ठक्कर दिएका थिए र सैनिक ढलेपछि उनीहरुले चाकु र धारिलो हतियारले सैनिकको शरीरलाइ नराम्रो संग छिया छिया पारिदिए ।
यसरी सैनिकको शरीरमा काट्दै गर्दा उनीहरुले अरबी भाषामा अब बेलायतको नागरिक सुरक्षित छैनन् भन्दै नारा लगाई रहेका थिए ।
ती आक्रमणकारीले त्यहाँ वरिपरी उपस्थित भएका अन्य व्यक्तिहरुलाई पनि भिडियो खिच्नको लागि भने र आफुले पनि भिडियो बनाउने कोसिस गरे ।सैनिकको हत्या गरेपछि करिब २० मिनेट जती उनीहरु त्याहा बसिरहे । त्यसपछि प्रहरी आएर उनीहरुलाई घाइते बनाएर हिराशतमा लिएको थियो ।
घटना पछि उक्त क्षेत्रको सुरक्षा ब्यबस्था अत्यन्तै कडा बनाइएको छ ।
two-persons-killed-a-soldier-in-london

0 comments:
Post a Comment