स्वतन्त्रताको लागि महिलाहरुले गरे अर्ध नग्न प्रदर्शन

By
Advertisement
मुस्लिम कट्टरपन्थी को आदेशको बिरुद्ध टपलेश भएर महिला स्वतन्त्रताको लागि आवाज उठाएकी अमिनाको समर्थनमा बिहिबार संसारका हज्जारौ महिलाहरुले टपलेश भएर प्रदर्शन गरेका छन् |


अमिनाको समर्थनमा युक्रेन,पोल्याण्ड, ब्राजिल, फ्रान्स, इटाली जस्ता एक दर्जन भन्दा बढी देशका महिलाहरु टपलेश भएर सडकमा उठेका थिए |


यो भन्दा पहिला पनि फेमेन ग्रुपका अन्य सदस्यले पेरिसको ग्रान्ड मस्जिद अगाडी प्रदर्शन गरेका थिए | महिलाहरुको यो प्रदर्शन रोक्नको लागि प्रहरीले बल प्रयोग गर्नु परेको थियो | प्रहरीले केहि प्रदर्शनकारीलाई समातेर जेल हालेको छ |

कसरि सुरु भयो त यस्तो आन्दोलन ?

यो विवाद सुरु भएको थियो ट्युनिसियाकि एक १९ बर्षीय केटि अमिना को निर्बस्त्र प्रदर्शन पछि यो आन्दोलन सुरु भएको थियो |

अमिनाले मुस्लिम कट्टरपन्थीको बिरुद्ध आफ्नो स्तनमा स्लोगन लेखेर फेसबुकमा राखिदिएकी थिइन् | यस पछि उनलाई अज्ञात ठाउमा पठाइएको छ | अमिनाको समर्थनमा अहिले यसरि संसारका धेरै महिलाले अर्ध नग्न प्रदर्शन गरेका हुन् |

Link: women-protested-topless-for-amina-on-topless

0 comments:

Post a Comment