रोल्पामा १ सय ६४ थान अबैध हतियार संकलन

By
Advertisement
रोल्पा जिल्लामा १ सय ६४ थान अबैध हतियार संकलन भएको छ | जिल्ला प्रहरी कार्यालय रोल्पाले खलंगामा आज पत्रकार सम्मेलन गरि संकलन गरिएका अबैध हतियार सर्बजिअनिक गरेको हो |

जिल्लालाई अबैध हतियार मुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत प्रहरीले यसरि हतियार संकलन गरेको हो | संकलन भएका हतियारमा १ सय ६३ थान भरुवा बन्दुक र एक थान घरेलु कटुवा पेस्तोल छन् ।

इलाका प्रहरी कार्यालय सुलिचौर, घर्तीगाउं, इरिबाङ, होलेरी तथा सिर्प, गजुल, स्यूरी, गाम, भावाङ, कोटगाउं, पाखापानी प्रहरी चौकीले यसरि अबैध हतियार संकलन गरेको प्रहरीले जानकारी दिएको छ |

प्रहरीको आह्वान संगै स्थानीय बासीले आफैले बुढागाउं, सुरपाल र बागमारा अस्थायी प्रहरी पोष्टमा पनि अबैध हतियार बुझाएका थिए | संकलन भएका हतियारहरुमा १ सय ५ थान साबुत र ५९ थान हतियार बेसाबुत भएको पररिले बताएको छ |



Link: illegal-weapons

0 comments:

Post a Comment