नया पार्टीको नाम क्रान्तिकारी

By
Advertisement


असार -३ : एकिकृत नेकपा माओबादी बाट अलग भएर छुट्टै पार्टी खडा गर्न लागेको बैद्य पक्षमा नया पार्टीको नाम नेकपा माओबादी क्रान्तिकारी राख्न प्रस्ताब भएको छ |

एमाओवादी मा वरिष्ठ उपाध्यक्ष रहनु भएका मोहन बैद्य किरणले राष्ट्रिय अन्तरास्ट्रिय स्थिति, आगामी कार्ययोजना र पहिलेका कामहरुको समिक्षा सहित प्रस्तुत गर्नु भएको प्रतिबेदनमा नया पार्टीको नाम नेकपा माओबादी क्रान्तिकारी को प्रस्ताब गर्नु भएको हो |

आइतबार उक्त प्रतिबेदन माथि छलफल गर्न कार्यकर्ता लाइ १२ समुहमा बिभाजित गरिएको थियो | र बाकी अध्ययन गर्न सोमबार समूह प्रमुखले सुझाब पेश गर्ने पोलिट्ब्यूरो सदस्य पम्फा भुषालले जानकारी दिनु भएको छ |

पार्टी एकताको लागि सस्थापन पक्ष संग बर्ता जारि राख्दै क्रान्तिकारी धारलाई समेटी नया पार्टी खोज्न कार्यकर्ता हरुले सुझाब दिएका छन् |

प्रतिबेदन प्रस्तुत गर्दै एनेकपा माओबादीका महासचिब रामबहादुर थापा बादल ले बिद्रोह नै प्रमुख भएको र यसैलाई अघि बढाउने बताउनु भएको छ | राष्ट्रघाति तथा अवसरबादी कामको लागि पार्टी एक हुन नसके बादल को भनाइ रहेको थियो |

0 comments:

Post a Comment