पोखराबाट नारायणघाटतर्फ जाँदै गरेको बा.२ ख ९२०८ नम्बरको मिनिट्रकले ठक्कर दिदा तनहुँमा जामुने-९ का प्रेम नेपालीको मृत्यु भएको छ । निजको रत्नहरि अस्पताल दमौलीमा उपचार गर्दै गर्दै मृत्यु भएको हो ।
घाइते भएका 5 जना मध्ये 3 जनाको अवस्था गम्भीर रहेको छ । जामुने 9 का विष्णु परियार, बुद्धि बहादुर वि.क र शम्भु अधिकारी गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा थप उपचारको लागि पठाइएको छ । सडकको छेउमा बसी गरिरहेका उनीहरुलाई तिब्र गतिमा आएको उक्त मिनी ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शी रामजी बिकले बताउनु भएको छ ।
0 comments:
Post a Comment