
मोबाइल सेवाका प्रमुख दुइ सस्था नेपाल टेलिकम र एनसेलले आइफोन ५ का ग्राहकलाइ लक्षित गरि नानो सिम ल्याउने भएका छन् |
आइफोन ५ मा नानो सिम लाग्ने भएपछि यस भन्दा अघि नेपालमा आइफोन ५ चल्दैन भनिएको थियो |
यो भन्दा पछिल्ला आइफोनमा भने माइक्रो सिम लाग्ने भएकोले नर्मल सिमलाई काटेर माइक्रो बनाउने गरिन्थ्यो तर नर्मल सिम काटेर नानो सिम बनाउन मिल्दैन |
त्यसैले सेवा प्रदायकले नै यस्तो सिमको व्यवस्था गर्नु पर्ने हुन्छ |
नेपाल टेलिकमले नानो सिमको माग बढेको भन्दै २ महिना भित्रमा ल्याउने बताउदै सुरुमा पोस्टपेडको लागि मात्र नानो सिम ल्याउने र पछि मात्र प्रिपेडको लागि ल्याउने बताएको छ |
त्यस्तै एनसेलले यहि कार्तिक महिना भित्रै नानो सिम ल्याउने भएको छ |
सेवा प्रदायकहरुले आफैले नानो सिमको व्यवस्था गर्न थालेपछि नेपालमा पनि आइफोनको प्रयोगकर्ता बढ्ने देखिएका छन् |
0 comments:
Post a Comment