बलात्कार बढ्नुमा चाउमिन दोषी

By
Advertisement
कस्तो अचम्म, चाउमिन खानाले बलात्कारको घटना बढ्दै गएको रे | भारतको हरियाणाको जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका खानाले बलात्कार बढेको ठहर गरेको छ ।

यौनका बिषयमा निकै चर्चित र बिबादित छातर गाउँ पञ्चायतका एक नेताले केहि समय अघि छोरीको बिहे ढिला गरिदिने गर्नाले छोरीहरु छिप्पिदा बलात्कारको घटना वृद्धि भएकोले १६ वर्षकै उमेरमा छोरीहरुको बिहे गरिदिनु पर्ने उनले बताएका थिए |

बलात्कारको घटना बढिरहेको बेला यहाँ विभिन्न अड्कलबाजी चलिरहेको छ | तर छातर गाउँ पञ्चायतले भने औपचारिक रुपमै चाउमिनलाई दोषी देखाएको छ |

गाउ पञ्चायत अध्यक्षले चाउमिनखानाले तन्नेरीहरुको सरीरमा हर्मोन असन्तुलित बनाउने र उत्तेजित भइ सेक्सको तिर्खा मेट्न बलात्कार गर्ने गरेकोले बलात्कारको घटनामा वृद्धि भएको बताएका छन् ।

पञ्चायतको यो कुराको बैज्ञानिक परिक्षण भने भएको छैन | धेरै पटक यौनका बारेमा बिबादित कुरा गर्ने यो पंचायतको चाउमिनले बलात्कारको घटना बढेको भन्ने निर्णय पनि पक्कै बिबादित बन्नेछ |

0 comments:

Post a Comment