बोक्सी भनेर बृद्धालाइ कुटपिट पछि निर्बस्त्र पारि दिसा खुवाइयो

By
Advertisement
कैलालीमा एक बृद्धालाइ बोक्सीको आरोपमा दुर्ब्यबहार गरिएको छ | बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा ६५ बर्षीय राजकुमारी राना माथि दुर्ब्यबहार गरिएको छ | गाउँकै निरा राना, रामसिंह रानाले बोक्सी भन्दै निर्वस्त्र पारेर दिशा खुवाई कुटपिट गरेका छन् |

उनलाई दिशा खुवाइ निर्बस्त्र पारेर गुप्तागंमा लठ्ठी घुसाउने जस्ता अमानविय तरिकाले यातना दिइएको नागरिकमा खबर छ | यसरि यातना दिन गाउका अन्य ३०-३५ जनाले पनि सहयोग गरेका थिए |

स्रोतका अनुसार शुक्रबार बिहान चार बजेतिर घरमा सुतिरहेकी अबस्थामा ढोका खोल्न लगाएर भित्र गएका निरा लगायतका अन्यले उनलाई घिसार्दै तानेर बाहिर ल्याई लगाएका सबै कपडा जबरजस्तो खोलेर जलाइदिएका थिए | उनको कपाल खौरिदिए अनि शौचालयबाट दिशा ल्याएर खुवाउनुका साथै टाउको बाट दिशा खन्याईदिइ निर्मम तबरले कुटपिट गरेका थिए |

कुटपिटबाट उनको माथिल्लो बंगारा भाचिएको छ भने आखा र मुख सुन्निएको छ | शरीर भरि चोट र निलडाम देखिन्छ | दुई वर्ष अघि पनि यिनै बृद्धालाई बोक्सीको आरोपमा दिशा खुवाई कुटपिट गरिएको भए पनि डरले कुरा बाहिर ल्याउन नसकेको पिडितले बताएका छन् |

निरा रानाले बृद्धा रामकमारीलाई दिशा खुवाएको स्वीकार गरेकी छिन् | आफ्नो छोरा लाइ बोक्सी लगाएर मारेको र आफुलाई पनि बिरामी पारेकोले आफुले त्यस्तो गरेको बताएकी छिन् |


boksi-bhandai-yatanaa

0 comments:

Post a Comment