पानीले पखाल्दा पनि नबिग्रिने मोबाइल नेपाली बजारमा

By
Advertisement
सामसुङ र एप्पल कम्पनीका मोबाइलले मोबाइलको बजार लिन थालेपछि पछि परेको जापानी कम्पनि सोनीले एक्सपेरिया जेट सेरिज नामक मोबाइल नेपाली बजारमा पनि बिक्रीको लागि उपलब्ध गरिएको छ |

एक्सपेरिया जेट सेरिजमा सबै भन्दा ठुलो बिशेषता हो, वाटर प्रुफ हुनु | यो मोबाइललाई पानीले पखाल्न मिल्छ | पानीमा डुब्दा पनि केहि हुदैन |

जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले उत्पादन गरेको यो मोबाइल सेट बिश्व इतिहासकै पहिलो वाटर प्रुफ स्मार्ट फोन हो |

नेपाली बजारमा यसको मूल्य ६७ हजार कायम गरिएको सोनी मोबाइलको अधिकृत विक्रेता हिमा ट्रेड लिङ्कले जनाएको छ |

एक्सपेरिया जेट सेरिजमा पाँच इञ्च फुल एचडी डिस्प्ले छ | यसको पछाडी १३ मेगापिक्सल क्यामेरा छ भने अगाडी पट्टि २ मेगापिक्सलको क्यामेरा छ | कम्पनीले यो मोबाइल बाट साइबर सटको जस्तै क्वालिटीको फोटो खिच्न सकिने दाबि गरेको छ |

यो स्मार्ट फोनमा २३३० एमएएच क्षमताको ब्याट्री राखिएको छ | यस स्मार्ट फोनमा १६ जीबी इन्टरनल मेमोरी, २ जीबी र्‍याम, थि्रजी तथा वाईफाई नेटवर्कको सुविधा उपलब्ध हुनुका साथै , ब्लुटुथ, जिपिआरएस, यू ट्युब लगाएतका सुविधाहरु पनि यस स्मार्ट फोनमा रहेका छन् ।

१ सय ५१ ग्राम तौल भएको यो स्मार्ट फोन मा १ दशमलव ५ गिगाहर्ज क्वार्ड कोर प्रोसेसरको प्रयोग गरिएको छ भने अपरेटिंग सिस्टम भने गूगलको एन्ड्रोइड ४ दशमलव १ जेलिविन राखिएको छ |

यो स्मार्ट फोनको बारेमा थप विवरण हेर्नाको लागी यहाँ क्लिक गर्नुहोस

यो मोबाइल संगै सोनीका अन्य चार मोडेल पनि बजारमा उपलब्ध हुने भएका छन् | एक्स्पेरिया जे, एक्स्पेरिया ई, एक्स्पेरिया ई ड्यूल, एक्स्पेरिया गो पनि नेपाली बजारमा उपलब्ध भएका जानकारी प्रत्रकार सम्मेलनमा दिइएको थियो |

Link: water-proof-smart-phone-sony_xperia_z-in-nepal

0 comments:

Post a Comment