
नया प्रणाली लागु हुदा मंगलबार बिहान ट्रायल दिएका ६५ जना मध्ये २४ जना मात्र पास गर्न सफल भएका छन् |
ट्रायल मंगलबार बिहान काठमाडौ मीनभवनमा रहेको ट्रलीबस कार्यालय परिसरमा लिइएको थियो |
ट्रायल पास गर्नेहरुमा धेरै जसो महिला चालक रहेका थिए |
नया ब्यबस्थामा ट्रायल परिक्षामा आफुले लागेको यातायातको साधन प्रयोग गर्न नमिल्ने भएकोले पनि यसरि धेरै जना फेल भएका हुन् |
ट्रायलमा प्रयोग गरिने सबारी साधनको परिक्षास्थलमा ब्यबस्था यातायात व्यवस्था कार्यालयले गर्न थालेको छ |
यातायात व्यवस्था कार्यालय बागमतीका लाइसेन्स शाखाका निमित्त प्रमुख राममणि पोखरेलले ट्रायल दिने तरिका नयाँ र केही अप्ठ्यारो भएकाले आधा भन्दा कम सहभागी मात्रै पास भएको बताउनुभयो ।
नया ब्यबस्था अन्तर्गत ट्रायल परीक्षामा स्पिड ब्रेकर, गियर, ब्रेक नियन्त्रण, उकालो, ओरालो घुम्ती, सडक बत्ती, जेब्रा क्रसिङ, ग्यारेज पार्किङ लगायतको सीपका साथै परीक्षार्थीको सवारीसाधन चलाउनपूर्वको सावधानी र सुरक्षा पनि परीक्षण गरिएको थियो ।
ट्रायल परीक्षा पास गरे पछि आबस्यक अरु सबै प्रकिया पुरा गरि एक हप्ता भित्रै लाइसेन्स पाउन सकिने छ |
Link: hard-to-pass-new-trial-for-vehicle
0 comments:
Post a Comment