
साइको उक्त भिडियो आज मंगलबार सम्म झन्डै २१ करोडले हेरी सकेका छन् |
यु–ट्युवमा धेरै लोकप्रिय बन्दै गएको भए पनि यो भिडियो लाइ भने उनकै देश कोरियामा प्रतिबन्ध गरिएको छ |
भिडियोमा ‘असामाजिक गतिविधि’ भएका दृश्य राखिएको भन्दै त्यहाको टेलिभिजनले जेन्टलम्यान को उक्त भिडियो प्रतिबन्ध गरेको समाचारमा उल्लेख छ |
तर नेपालमा भने "जेन्टलम्यान"को प्यारोडी तयार भएको छ | ‘मोटोघाटो जेन्टलम्यान’ नाम दिइएको यो गीतको भिडियो भने छैन |
राजनीतिक व्यंग्य प्रस्तुत गर्दै जेन्टलम्यान गीतको नेपाली भाषामा प्यारोडी सञ्चारकर्मी सुरजवीर बज्राचार्यले तयार गरेका हुन् |
उनले साइको विश्व चर्चित म्युजिक भिडियो ‘गंगनम स्टाइल’लाई नेपाल भाषामा प्यारोडी बनाएका थिए |
‘ग्यान्पु स्टाइल’ नाम दिएर बनाइएको उक्त प्यारोडी नेपाली माझ निक्कै चर्चित बनेको छ भने ‘नथिङ इन इम्मोसिबल’ नेपाली चलचित्रमा पनि यो गित समाबेश गरिएको छ |
Link: Moto-Ghato-Gentleman-Nepali-Parody
0 comments:
Post a Comment