दुर्घटनामा ३ को मृत्यु, ५ घाइते

By
Advertisement
बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बा ७ च ३३१८ नम्बरको जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ |

उक्त दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् |

जीप पाल्पाको खस्यौली गाउँ विकास समिति वडा नम्बर ३ हाथोकमा दुर्घटना भएको थियो ।

जीप सडकबाट करिव सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गुल्मीकी ३५ वर्षीया लता विष्ट, १० वर्षीया सन्ध्या विष्ट सहित दको घटनास्थल मृत्यु भएको थियो भने ज्ञानबहादुर जिसीको भने उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको हो ।

सडकमा रहेको पाडोलाइ छलेर जाने क्रममा अनियन्त्रित भइ जीप दुर्घटना भएको प्रहरीले जनाएको छ |

सबै घाइतेहरुको उपचार पाल्पाको मिसन अस्पतालमा भैरहेको छ | जीपमा जम्मा १२ जना यात्रा गरिरहेका थिए |

link: jeep-accident-in-palpa

0 comments:

Post a Comment