
गत हप्ताको बुधबार र बिहिबार सुनको भाउ प्रति तोलाको ४९ हजार ५ सयमा झरेको सुनको मूल्य आज सोमबार ५० हजार ८ सय पुगेको छ |
गएको शुक्रबार देखि सुनको भाउ बढ्न थालेको हो | शुक्रबार सुनको भाउ प्रतितोला रु ५०० बढेर ५० हजार पुगेको थियो |
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकोले नेपालमा पनि सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
आइतबार १४ सय ५ डलर प्रति औँस भएको सुन सोमबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १४ सय २० डलर पुगेको छ |
सुनको भाउ बढे पनि चादीको भाउ भने स्थिर नै रहेको छ | गत बिहिबार देखि नै चाँदी तोलामा ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ |
Link: gold-price-rising
0 comments:
Post a Comment