
आगलागीबाट करिब ५ लाख भन्दा बढी क्षति भएको अनुमान गरिएको छ | प्राचार्यको कार्यकक्षका कागजात, पुस्तकालय पुस्तक, एउटा कम्युटर, फर्निचर, साउण्ड सिस्टम लगायतका सामाग्री जलेर नष्ट भएको देखिएको स्रोत बताउछ |
घटनाको प्रकृति हेर्दा कुनै समुहले नै आगो लगाएको जस्तो देखिएको स्रोत बताउछ | सबै कोठाको ह्वाइट बोर्ड समेत जम्मा गरेर आगो जलाएको पाइएको विद्यालयले जनाएको छ । बिद्यालयमा प्लास्टिकको झोलामा राखिएको अबस्थामा मट्टीतेल भेटिनु र ह्वाइट बोर्ड पनि जम्मा पारेर जलाइएको पाइएकोले कसैले आगजनी गरेको हुन सक्ने प्राचार्य बताउछन |
आगोलागी थाहा पाउने बित्तिकै स्थानीय बासि, प्रहरी, र शिक्षकले निभाउने प्रयास गरेका थिए | आगोलागी दिउसो नियन्त्रणमा आइसकेको छ |
0 comments:
Post a Comment