घर भत्किदा २७ को मृत्यु

By
Advertisement
भारतको ब्यापारिक शहर मुम्बैमा एक घर भत्कदा २७ जनाको मृत्यु भएको छ | ५४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मुम्बईको ठाणेमा निर्माणाधीन उक्त भवन भत्कँदा धेरै जना भग्नावशेषमा च्यापिएका हुन सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् |

बिहिबार साँझ ५ : ४५ भएको उक्त दुर्घटना भएको बताइएको छ | करिब ४ महिना अघि बनाइएको यो घर अबैध रहेको स्थानीयबासीहरुले बताएका छन् | यो घरमा करिब ५० परिवार बसोबास गरेका अनुमान गरिएको छ |

प्रहरीले यो घर बनाउने बिल्डर जमाल खानको बिरुद्ध मुद्धा दर्ता गरेको छ | तर उनि अहिले फरार रहेका छन् |

भारतको विभिन्न शहरमा मापदण्ड पूरा नगरी बनाईएका घरहरु थुप्रै छन् । गत डिसेम्बरमा मुम्बईमा पनि अवैध रुपमा बनाइएका भवन भत्कँदा १३ जनाको मृत्यु भएको थियो ।

building-collapses-in-mumbai

0 comments:

Post a Comment