
बेलायति पत्रिका द सन मा लेखिएको समाचार अनुसार दक्षिणी चीनमा बसोबश गर्ने एक युवकले आफ्नो गुप्ताङ्गबाट जिउदो माछा छिराएपछि अस्पताल भर्ना हुनु परेको थियो | अस्लिल चलचित्रमा मलद्वारबाट माछा छिराएको देखेर त्यहि गर्न खोज्दा उनलाई यस्तो आपत परेको हो |
उनले बाम माछा (eel Fish)लाइ आफ्नो मलद्वारबाट छिराएका थिए | करिब २० इन्च लामो उक्त बाम माछा जब उनको पेटमा गयो त्यसपछि माछाले आफ्नो हर्कत देखाउन सुरु गर्यो | पेटमा पुगेर यसले हलचल गर्न थालेपछि युवक अस्पताल पुगे र डाक्टरलाई आफ्नो ज्यान बचाउन आग्रह गरे |
जब डाक्टरले जब युवकको एक्स-रे गरे, एक्स-रेमा पेट भित्र हिलो ( दलदल)मा पाइने यो बाम माछा पो देखियो | डाक्टरले तुरुन्त अपरेशन सुरु गरे र धेरै लामो सर्जरी पश्चात उसको पेटबाट २० इन्च लामो यो बाम माछा निकालियो |
युवकको अपरेशन गर्ने डाक्टरको अनुसार माछाले बाहिर निस्कने बाटो खोजिरहेको थियो | "युवकले सारै मुर्खता पूर्ण काम गरे | यो माछाको दात अत्यन्त तिखा र धारिला हुन्छन र पेटमा यसले निक्कै नोक्सान पुर्याउन सक्थ्यो " उनि भन्छन |
अपरेशन गरेर निकाल्ने बित्तिकै बाम माछा मरेको थियो | यसको तौल करिब आधा किलो रहेको डाक्टरले बताएका छन् | अहिले उक्त युवकको अस्पतालमा उपचार भैरहेको छ र उनलाइ पशु हिंसाको मुद्दा चलाउने तयारी भैरहेको पनि अंतरास्थिया संचारमाध्यमले जनाएका छन् |
यो घटना बाट सिक्नु पर्ने पाठ:
टेलिभिजन अनि चलचित्रमा देखाइएको स्टन्टस् हेरेर आफै गर्न खोज्दा ज्यानै पनि जान सक्छ, त्यसैले यस्तो नचाहिने काम नगरौं |
Link : a-young-man-driven-alive-fish-in-his-stomach
0 comments:
Post a Comment