सुनको भाउ अझै घट्दै, आज पनि ३ हजार घट्यो

By
Advertisement
हिजो देखि सुनको भाउ एक्कासी धेरै घटी रहेको छ | नेपाली बजारमा सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार भाउ घटेर प्रति तोला सुनको मूल्य ४९ हजार ५ सय भएको छ |

 गत शुक्रबार तोलाको सुनको मूल्य नेपाली बजारमा ५५ हजार ८ सय रुपैयाँ थियो | शनिबार र आइतबार बिदाको दिन भएकोले नेपालमा सुनको कारोबार भएको थिएन |



अन्तर्राष्ट्रिय बजारमा तिब्र रुपमा घटेकोले नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो | हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस १४५० थियो भने आज प्रति औँस १३६५ अमेरिकी डलरमा झरेको छ |

ब्यापारीहरुले अझै पनि सुनको भाउ घट्ने अनुमान गरेका छन् | नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हुनाले नेपाली बजारमा घटेकोले नेपाली बजारमा सुनको भाउ घटेको बताउदै भने , सुनको मूल्य घट्ने क्रम अझै जारि छ |

केहि बजार विश्लेषकहरुले चीनमा आर्थिक वृद्धिदरमा कमि आएकोले सुन किन्ने हरुको कमि भएकोले सुनको माग कमि भै बजार मूल्य कमि भएको बताउछन भने केहिले साइप्रसमा भएको आर्थिक संकटको कारणले सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेको बताउछन | साइप्रसमा आर्थिक संकट आएपछि आर्थिक संकटबाट पार पाउन करिब ४० करोड युरो बराबरको सुन बेच्ने समाचार प्रकाशित भएकोले बजारमा प्रसस्त सुन हुने भएकोले पनि भाउ घटेको बताएका छन् |

यस्तै अमेरिकी बैंक गोल्डम्यान सासले पनि सुनको भाउ घट्ने शंका गर्दै सुन बेच्ने तयार गरेपछि पनि अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आएको अनुमान धेरैको छ |

तर सुनको भाउ अझै कम हुने शंकाले सुनको कारोबार भने भाउ घटे अनुसार बढेको छैन | उपभोक्ता र ब्यापारीहरु सुनको भाउ घट्ने आशंका गर्दै सुन किनबेच गर्न पछि हट्दै छन् |

गत वर्ष वैशाख २ गते नेपाली बजारमा सुनको भाउ बढेर ५४ हजार १ सय रुपैयाँ तोला कायम भएको थियो भने माघमा सबैभन्दा धेरै सुनको भाउ तोलाको ६१ हजार ८ सय ५० कायम भएको थियो।


link: Gold-price-declines-to-two-year-low

0 comments:

Post a Comment