सुपर स्टार अभिनेता अमिताभ बच्चनको जूहु स्थित बंगला बाट केहि नगद र केहि गहनाहरु चोरी भएको छ | स्रोतका अनुसार उनको बंगला बाहिर धेरै टाइट सेक्युरिटी तैनाथ थियो |

यस्तो कडा सुरक्षा बिच बाहिरको कोहि कसैले यसरि भित्र आएर चोरी गर्ने कुरामा नै शंका गर्न गार्हो भएपछि भित्र काम गर्ने कोहिले यस्तो काम गरेको हुनु पर्नेमा शंका गरिएको छ |
भारतीय मिडियाका नुसार अमिताभले शुक्रबार नै जूहु स्थित प्रहरी चौकीमा चोरीको खबर दिए पनि यो केसको कुनै रिपोर्ट दर्ता नगर्न भनिएको छ |
गत बर्ष पनि अमिताभ एक बंगलामा एक अपरिचित व्यक्ति घुसेर आठ हजार रुपैया लिएर जादै गर्दा उस्लाई अमिताभका सुरक्षा अधिकारिहरुले पक्रेर प्रहरीलाई बुझाएका थिए |
Theft in Amitabh Bachchan Bungalow Jalsa
0 comments:
Post a Comment