आफ्नै आमालाई कुटेर मारे

By
Advertisement
बाँके जिल्लामा एक व्यक्तिले आफ्नै आमालाई कुटेर मारेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ | बाँके जिल्लाको कारकादो गाविस-२ मा बस्ने ४० वर्षीया कमरुन निसालाई कुटेर मारेको अभियोगमा उनकै छोरा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, लागु औषधि सेवन गर्ने जलिल नाउले शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा आमालाई मरणासन्न हुने गरी कुटेका थिए |

कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको छ।

0 comments:

Post a Comment