
लागूऔषध प्रयोग गरेको अभियोगमा चर्चित गायक सुगम पोखरेल पक्राउ परेका छन् ।
हिजो साँझ काठमाडौंको सेतोपुलमा लागूऔषध सेवन गर्नेहरुको अखडामा छापा मार्दा पोखरेल सहित अन्य सात जना फेला परेका थिए र उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सुगम सहित पक्राउ परेका अन्य सातजना लाइ लागूऔषध नियन्त्रण तथा कार्यान्वयन इकाई बानेश्वरमा राखिएको छ ।
लागूऔषध नियन्त्रण तथा कार्यान्वयन इकाईका अधिकृतहरुले पोखरेलसँग सोधपुछ गरिरहेको बताएका छन् । तर, सुगम्बाता लागूऔषध बरामद भए नभएको विषयमा प्रहरीले केही बताएको छैन ।
0 comments:
Post a Comment