
रोजगारीको लागि साउदी पुगेर फर्किदा अध्यागमन कर्मचारीबाट लुटिएकी र घर पुर्याइदिने बहानामा प्रहरीबाटै बलात्कृत हुन पुगेकी सिता राईको वास्तविक परिचय (नाम, ठेगाना) प्रहरीले सार्बजनिक गरेको समाचार आजको नागरिकमा छ |
बिशेष गरि यस्ता बलात्कार तथा मानबबेचबिखन जस्ता प्रकृतिको अपराधमा पिडितको पहिचान गोप्य राख्नु पर्ने कानुनमै ब्यबस्था भए पनि प्रहरीले उक्त कानुन उल्लंघन गर्दै सित राइ ( काल्पनिक नाम )को वास्तविक परिचय खुलाइदिएको छ |
सरकारको यो कदम प्रति कानुन ब्यबसायीले कडा आपत्ति जनाएका छन् | कानुन अनुसार बलात्कृत युवतीको पहिचान मात्र होइन, उनका अभिभावक, नातेदार र वतनसमेत सार्वजनिक गर्न मिल्दैन । विशेष प्रकृतिको मृद्दामा पक्षको गोपनीयता कायम राख्ने निर्देशिका २०६४ अनुसार महिला र बालबालिका, त्यसमा पनि बलात्कार र बेचबिखनमा परेका पीडितको नाम गोप्य राख्नुपर्छ।
सरकारी सस्ताबेज र मुद्दाको प्रक्रियामा समेत यस्तो घटनाको पिडित को नक्कली परिचय प्रयोग हुनु पर्ने हुन्छ | तर राइलाई नक्कली राहदानी बाट साउदी पठाउने एजेन्ट पक्राउ गरेको बारे जानकारी दिने समाचार बुलेटिनमा र प्रहरी प्रधान कार्यालयको वेबसाइटमा समेत पिडितको वास्तविक नाम उल्लेख गरिएको समाचार मा उल्लेख छ |
तर पीडितको पहिचान सार्वजनिक भएकोबारे प्रहरी प्रवक्ताले जानकारी नभएको प्रतिक्रिया दिए । ‘व्यक्तिको गोपनियताको हक हुन्छ,' शनिबार साँझ प्रहरी प्रवक्ता केशव अधिकारी भने, ‘प्रहरीबाट यस्तो भएको मेरो जानकारीमा छैन।'
भोजपुर घर भएकी सिता राई गत मङ्सिर ४ गते नेपाल फर्किडा नै लुटिएको भए पनि घटना एक महिना पछि मात्रै सार्बजनिक भएको थियो |
उनलाई अध्यागमन कर्मचारीले ‘अर्काको राहदानीमा विदेश गएको' अभियोगमा नियन्त्रणमा लिएर राईको साथमा रहेको आठ हजार पाँच सय रियाल लुटेर छाडेका थिए भने प्रहरी परशुराम बस्नेतले घर पुर्याइदिने बहानामा नया बसपार्कमा रहेको स्वागत गेस्टहाउसमा लगेर राखी बलात्कार गरेको थियो |
राइ माथि यस्तो घटना घटेको थाहा पाएपछि उनका आफन्तले काठमाडौँमा आएर उजुरी गरेका थिए | उजुरी पछि अनुसन्धान हुदा घटनामा संलग्न बस्नेत सहित अध्यागमनका महानिर्देशक सुरेशराज अधिकारी र निर्देशक लेखराज पोखरेललाई समेत दोषी ठहर गरि कारबाहीको लागि सिफारिस भै सकेको छ |
हाल प्रहरी जवान बस्नेत र नायव सुब्ब सोमनाथ खनाल पुर्पक्षका लागि थुनामा छन् भने घटनामा संलग्न अध्यागमनका दुई कर्मचारी फरार छन्।