यस्तो छ १४ घन्टे लोडसेडिङ तालिका

By
Advertisement

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लोडसेडिङको समय बढाएको छ | शुक्रबार सम्म दिन को १२ घण्टा लोडसेडिङ हुन्थ्यो भने शनिबार देखि बढाएर दिनको १४ घण्टा बनाएको छ |

अब दैनिक १० घण्टा मात्र नेपालीले प्राधिकरणले दिएको विद्युतको उपभोग गर्न पाउने भएका छन् | सार्बजनिक भएको नया तालिका अनुसार अब हप्तामा ६ दिन १४ घण्टा लोडसेडिङ हुनेछ भने १ दिन १३ घण्टा लोडसेडिङ हुनेछ |


सरकारले यो बर्ष  हिउदमा दैनिक १२ घण्टा लोडसेडिङ हुने गरि योजना बनाएको  भनिए  पनि उक्त योजना बिफल भैसकेको छ | हिउद भएकोले नदीमा पानीको बहाब घटेको र भारतले पनि ३० मेगावाट बिजुली कटौती गरेकोले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरण बताउछ |

हेर्नुहोस नया लोडसेडिङ तालिका
प्राधिकरणको आधिकारिक वेबसाइट : www.nea.org.np
Loadshedding Schedule effective from 2069-10-06