तुसारोले गर्दा बस चिप्लिएर दुर्घटना, ३१ को मृत्यु ( With Video)

By
Advertisement
डोटी,पुष २८ :- डोटीको छतिवन गाविस ९ रुवसकाँडा नजिकै ना ४ ख ३६०३ नम्बरको रात्रिबस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

 उक्त बस सडकबाट ८०० मिटर तल खसेको समाचार प्राप्त भएको छ | मर्नेहरुमा महिला ७ जना पुरुष २२ जना र २ बालक रहेको समाचार प्राप्त भएको छ |


प्राप्त समाचार अनुसार अछामको जयगढबाट टीकापुर तर्फ आउँदै गरेको उक्त बस बिहान ३ बजे दुर्घटना भएको थियो भने दुर्घटनाको जानकारी बिहान ४ बजे मात्रै भएको र बिहान ६ बजे बाट मात्रै उद्दार कार्य सुरु भएकोले मृतकको संख्या बढेको हुन सक्ने अनुमान छ |

हाल सम्म प्राप्त शव मध्ये ८ जनाको मात्र सनाखत भएको र सनाखत हुनेहरुमा अछाम सिद्धेश्वर-९ का टेकबहादुर बुढा, कालागाउँ-९ का बहादुर सोडारी, बैजनाथ-९ पवना शाह, धनगढी नगरपालिका-२ का गगन थापा, देवीस्थान-६ का २९ बर्षीय कृष्ण खड्का, बद्रादेवी-५ का एकैघरका १९ बर्षीय कल्पना ठकुल्ला, २२ बर्षीय पशुपति ठकुल्ला र रोसनीकला ठकुल्लाको मृत्यु भएको जानकारी प्रहरीले दिएको नागरिकले जनाएको छ ।

0 comments:

Post a Comment