कक्षा ११ र १२ को परिक्षा तालिका सार्बजनिक (तालिका सहित)

By
Advertisement

उच्च माध्यमिक शिक्षा परिषद( HSEB)ले कक्षा ११ र १२ को परिक्षा तालिका सार्बजनिक गरेको छ | २०७० सालमा लिइने परीक्षाको लागि HSEB ले सूचना प्रकशित गरि तालिका सार्बजनिक गरेको हो |

उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७० सालको कक्षा १२ र कक्षा ११ को नियमित एवं आंशिक परीक्षार्थीहरूको (संगीत र संस्कृत विषय समूह समेत) वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भन्दै तालिका प्रकाशन गरेको हो |


यस वर्ष कक्षा १२ को परिक्षा २०७० बैशाख १७ गते देखि सुरु भएर बैशाख २९ सकिने छ भने कक्षा ११ को परिक्षा भने बैशाख ३१ गते बाट सुरु भइ जेष्ठ १० गते सकिने छ |



तालिका हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment