
चितवन, २८ पुस । केहि समय देखि हात्तीले सताउन छाडेको चितवनको माडीमा गएराति हात्तीले फेरि आतङ्क मच्चाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती प्रवेश गरेर हिजो रति २ वटा घर भत्काएको थियो । जिल्ला प्रहरी कार्यालय का अनुसार हात्तीले अयोध्यापुरी गाउँ विकास समिति– ६ मा स्थानीयवासीका दुईवटा घर भत्काएको हो । हात्तीले वीरचन्द्र थापा र सहदेव थापाको घर भत्काईदिदा करिब २५ हजार बराबरको क्षति भएको छ ।
हात्ती आए पछि स्थानीय बासिले भने भागेर आफ्नो ज्यान जोगाएका थिए ।
पटक पटक हात्तीले आक्रमण गर्दा पनि सम्बन्धित पक्षले उचित ब्यबस्थापन नगरेको भन्दै माडी बासि आकोषित बनेका छन् ।
यस अघि आक्रमण गरेको हात्ती धुर्बे छ / छैन भनेर नै कसैलाई थाहा छैन । ध्रुबे मार्नको लागि सरकारी टोलि नै खटाइए पनि फेला पार्न नसकेपछि टोलि रित्तै फर्केको थियो ।
एक महिना अघि ध्रुबेले एक दम्पत्तिलाइ आक्रमण गरेर मारेपछि यहाँ हात्तिको त्रास बढिरहेको छ ।
0 comments:
Post a Comment