
रत्ननगर (चितवन), १८ कात्तिक । चितवनको विकट क्षेत्र उपरदाङगढीको दुई घरमा हिजो साँझ आगलागी भएको छ ।
दाहाखानी गाविस– १ उपरदाङगढी कोलडाँडामा भएकोे आगलागीबाट दुईवटा घर र दुईवटा गोठ जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
स्थानीयवासी सन्तबहादुर प्रजा र रामकृष्ण प्रजाको घरमा आगलागी भएको हो । घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट करिब रु दुई लाखको क्षति भएको अनुमान गरिएको स्थानीयवासीले बताएका छन् ।
आगोमा जलेर केही बाख्रासमेत मरेका स्थानीय बासिन्दा शिक्षक ऋसिराम ढकालले जानकारी दिनुभयो । रासस>
0 comments:
Post a Comment