अयोग्य लडाकुद्वारा राजमार्ग बन्द

By
Advertisement

भद्रपुर, ९ मङ्सिर । अयोग्य घोषित पूर्व माओवादी लडाकुले आजदेखि अनिश्चितकालका लागि गरेको बन्दको प्रभाव मेची अञ्चलमा बिहानैदेखि देखा परेको छ ।

बन्दको प्रभाव सबैभन्दा बढी सार्वजनिक यातायात क्षेत्र परेको छ । बिहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।

झापा खण्डको मेची राजमार्ग, पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गहरुमा पनि सार्वजनिक यातायातका साधन नचलेको ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ ।

बन्दकर्ताले शुक्रबार साँझ विर्तामोडमा म्याकिङ गरी अनिश्चित कालका लागि बन्दको आह्वान गरेका थिए । रासस

0 comments:

Post a Comment