
हाम्रो समाजमा पढाई नै सबै भन्दा ठुलो मानिन्छ | बिहे गर्दा उसको पढाई कति हो भन्ने सोधिन्छ, उ काम नपाएर भौतारिएको होस् तर धेरै पढेको छ भने उ राम्रो मा कहलिन्छ तर पढेको छैन भने उ कमसल, खराब | आज सम्म पनि नेपाली समाजमा यस्ता कुराहरु मानिदै आएको छ |
आज यहाँ यस्ता व्यक्तिहरुको बारेमा बताइदै छ जसले पढाई लाइ बीचैमा छाड्नु परेर पनि बिश्वकै इतिहासमा एउटा सफल र धनि व्यक्तिको रुपमा नाम राख्न सफल भएका छन् | आउनुहोस हामी उनीहरुकै चर्चा गरुन | कसले कति पह्देका थिए त .. के पढाई नै सबै भन्दा ठुलो कुरा रहेछ त ? भनेको अर्थ उल्टो नलागोस की पढ्नु नै पर्दैन तर ...

कम पढेर पनि धनि भएका धनि मानिसको सुचिमा साहेद पहिलो स्थानमा पर्छन होला बिल गेट्स' जसको कारणले हामी आज कम्युटर चलाउदै छौ | बिश्वकै नम्बर १ तथा ठुलो कम्युटर सफ्टवेर कम्पनि माइक्रोसफ्ट का प्रमुख बिल गेट्स'ले आफ्नो पढाई बीचैमा छाडेका थिए | पढाई छाडेको केहि दिन मै कम्पनि सुरु गरेका यीनले माइक्रोसफ्ट कम्पनीको सुरुवात गरेका थिए र आज यीनको नाम बिश्वका सफल ब्यापारीको लिस्टमा छ |

आर्थिक अभाबका कारण हाइस्कुलमाइ पढाई छाडेका धीरूभाई अंबानी उनले सानै उमेर देखि आफ्नो परिवारलाई आर्हिक सहयोग गरेका थिए | उनि सन् १९४९ मा १७ बर्सको उमेर मा कबिता नामक जहाजमा यमन गएका थिए | यमनको एडेन सहरबाट उनले आफ्नो प्रगतिको पाइला अघि बढाए र सफलता हासिल गरिरहे | सन् २००२ जुलाई ६ मा उनको मृत्यु भयो त्यतिबेला उनि करिब ६२००० करोड का मालिक थिए |

जसको पछि आज विश्वका पुरै मानिसहरु लागेका छन् त्यहि कम्पनीको स्थापना कर्ता हुन् स्टिभ जब्स | उनले पनि ग्र्याजुएसनको पढाई पहिलो सेमेस्टरमै छाडेका थिए | २० बर्षकै उमेरमै उनले आफ्नो एक साथी संग मिलेर "एप्पल १ " को तयारी सुरु गरेका थिए |

0 comments:
Post a Comment