ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार गैंडाकोट ७ सित्तलनगर बस्ने २३ बर्षीय सुरेश कुमालले कार्तिक ८ गते राति आफ्नै हजुरआमा र काकीको हत्या गरेका हुन् |
सुरेशले २८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राख्दै गर्दा सुरेशकि ५७ बर्षीय हजुरआमा सुनचरी कुमालले देखेकी थिइन | यौन सबन्धको घटना बाहिर आउने डरले सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ |
हजुर आमा ढलेपछि काकी देबी कुमालले चिच्याउन लागेपछि उनको पनि मुख र घाँटी थिचेर कुमालले हत्या गरेका थिए |
सुरेशले दशैंको टिकाको दिन नै काकी र हजुरआमाको हत्या गरेपछि उनि फरार भएका थिए | प्रहरीले उनलाई खोजि गर्दै जादा बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा भेट्टाएको थियो |
सुरेशले यो भन्दा अघि पनि डर देखाउदै काकी संग यौन सम्पर्क गर्दा आएको बयान दिएको प्रहरीले जनाएको छ | सुरेश रोजगारीको लागि दुबई गएर फर्केको २२ दिन मात्र भएको थियो भने उनका काकी देबीको श्रीमान रोजगारीको लागि कतारमा थिए | आफ्नी श्रीमतीको हत्याभएको खबर पाएपछि देबीको श्रीमान नवलपरासी आइसकेका छन् |
प्रहरीले हत्याको आरोपमा जिल्ला अदालत नवलपरासीमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरिसकेको छ ।
हत्याका आरोप लागेका सुरेशको एक श्रीमती र तीन बर्षीय छोरी छन् ।
0 comments:
Post a Comment