
फिल्म निर्माता निर्देशक यश चोपड़ाको आइतबार साझ निधन भएको छ | डेंगु रोग बाट पिडित यश चोपडाको केहि दिन देखि लीलीवती अस्पताल उपचार भइरहेको थियो |
सन् १९३२, सेप्टेम्बर २७ मा लाहोरमा जन्मिएका यश चोपडाले केहि दिन अघि मात्र आफ्नो ८० औं जन्म दिन मनाएका थिए |
यश चोपडाले 'दाग', 'कभी-कभी', 'सिलसिला', 'चांदनी', 'लम्हे', 'दीवार' और 'त्रिशुल' दिल तो पागल हे, आईना, डर जस्ता र उत्कृष्ट सम्झिरहने चलचित्रहरु बनाएका थिए |
यश चोपडाको फिल्मले नै अमिताभ बच्चनलाइ सुपर स्टार बनाएको थियो | कलाकारहरुले उनको मृत्युले हिन्दी चलचित्रको एक युगको अन्त्य नै भएको प्रतिक्रिया दिएका छन् |
मृत्यु को खबर आउने बित्तिकै फेशबुक र ट्विटर मा शोक संदेश छाएको छ | यश चोपडाको पछिल्लो तथा अन्तिम चलचित्र "जब तक है जान" तयार भइ सकेको छ र यो १३ नोभेम्बरमा रिलिज हुदै छ | यस फिल्ममा शाहरूख़ ख़ान, कटरीना कैफ़ तथा अनुष्का शर्माको मुख्य भूमिका रहेको छ |
'धूल का फूल' फिल्मको निर्देशन बाट हिन्दी चलचित्रमा करियर सुरु गरेका यश चोपडाले केहि समय अघि मात्र फ़िल्म निर्देशन बाट रिटायर हुने घोषणा गरेका थिए |
0 comments:
Post a Comment