
एप्पलको लोकप्रियता धेरै बढेपछि चीनमा एप्पलले नया सोरुम खोलेको छ | चीनको राजधानी बेइजिङमा एसियाकै सबै भन्दा ठुलो सोरुम संचालन गरेको हो |
चीनका संचारमाध्यमका अनुसार एप्पलले बेइजिङको मुख्य बजारमै २३ सय वर्ग मिटर क्षेत्रफलमा सो सोरूम संचालन गरेको हो |
एप्पलले चीनमा सोरुम खोल्नुको मतलब एप्पलको चीनमा ठुलै बजार भएको प्रस्ट हुन्छ |
यो संगै एप्पलको चीनमा ६ वटा सोरुम भएका छन् | सोरुम बाहेक चीनका अरु पसलले पनि एप्पलको समान स्वीकृति लिएका छन् |
चीनमा धेरै व्यक्तिहरुको हातमा अहिले निस्केको आइफोन ५ पनि देख्न सकिन्छ | एप्पलको लोकप्रियता चीनमा यति धेरै छ कि आइफोन किन्नको लागि आफ्नी किड्नी समेत बेच्न पछि पर्दैनन त्यहाँ मानिसहरु |
स्मार्टफोन चीनमा कालो बजारी पनि निकै बढेको छ |त्यसो त एप्पलको आलोचना नभएको पनि होइन | चीनमा एप्पलको सामानहरु उत्पादन गरिरहेको ताइवानको फक्सकन कम्पनीले वालश्रमिक राखेको आरोप लागिरहेको छ |
जस्तो भए पनि एप्पलले चीनमा राम्रो व्यापार गरिरहेको छ | एप्पलले मार्चसम्म चीनमा मात्रै १२.४ बिलियन डलर कमाउने र बर्ष भरिमा १३.३ बिलियन डलर कमाउने लक्ष्य राखेको छ | चीनमा एप्पलको प्रोडक्टहरुमा बढ्दो क्रेजले गर्दा एप्पलको यो लक्ष्य सजिलै पुरा हुने देखिन्छ |

0 comments:
Post a Comment