बढी कमाउने आश लिएर म्यानपावर दर्ता गर्नको लागि पार्टीको लागि चन्दा भन्दै घुस मागेको घटना सार्बजनिक भएपछि श्रम तथा रोजगारमन्त्री कुमार बेलबासेले राजीनामा दिनु परेको छ | प्राप्त जानकारी अनुसार शनिबार नै प्रधानमन्त्रीको कार्यालयमा उनले राजिनामा फ्याक्स गरेका थिए र प्रधानमन्त्रीलाई फोन बाट जानकारी गराएका थिए |
हिजो शनिबार बिदाको दिन भएकोले उक्त फ्याक्स प्रधानमन्त्रीले शनिबार साझ सम्म पढ्न भने पाएका छैनन |
घुस प्रकरणको भिडियो नै सार्बजनिक भएपछि प्रधानमन्त्रीले शनिबार बिहानै बेलबासेलाइ राजिनामा दिन निर्देशन दिनु भएको थियो |
बेलबासे माले बाट मन्त्रि भए थिए |

0 comments:
Post a Comment