तपाइले हात धुनु भयो त ??

By
Advertisement
आज विश्व हात धुने दिवस,"हात धोऔं, रोगबाट बचौं" भन्ने मूल नाराका साथ विश्व हात धुने दिवस–२०१२ आज नेपालमा पनि मनाइदै छ |

विभिन्न रोगबाट बच्नको लागि हात धुने कार्य महत्व हुन्छ | फोहोर बस्तु छोएपछि, खानुअघि र बालबालिकालाई दूध खुवाउनुअघि साबुनपानीले हात अनिवार्यरुपमा धुनुपर्छ |

हात नधोई खाना खानाले, खुवाउनाले झाडापखाला, जुका र आउ“जस्ता रोग लाग्ने गर्दछ |

नेपालमा अझै पनि ८७ % मानिसले हात नधोई खान खाने गरेको बताइएको छ | नेपालमा अधिकांस नवजात शिशुको मृत्यु हात नधोई खाना खाँदा हुने गरेको पाइएको छ |

साबुन पानीले राम्रो संग हात धुने हो भने ४० प्रतिशत झाडापखाला र २३ प्रतिशत रोग श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणलाई घटाउन सकिन्छ |

विश्व हात धुने दिवसको उपलक्ष्यमा राष्ट्रपति डा. रामबरण यादवले विश्व हातधुने दिवस विशेष रुपमा मनाउन र साबुन पानीले मिचिमिचि हात धुने बानीलाई सधै व्यवहारमा लागू गर्न अनुरोध गरेका छन् ।

नेपालमा सन् २००८ देखि नेपालमा विश्व हात धुने दिवस मनाइदै आएको छ |

0 comments:

Post a Comment