मकवानपुरको खसीबोका काठमाडौँमा उपलब्ध

By
Advertisement

हेटौँडा, २९ असोज । नेपाल खाद्य संस्थान हेटौँडाले मकवानपुरका कृषकबाट खरिद गरी ल्याएका एक हजार ७५ वटा खसीबोका काठमाडौँ पठाइरहेको छ ।

यसैगरी सो संस्थानले हेटौँडाबाट आजै पहिलो चरणमा १२५ वटा खसीबोका ट्रकमा हाली काठमाडौँको खाद्य संस्थानको गोदाम पठाएको जनाएको छ ।

मकवानपुर जिल्लाका विभिन्न गाविसका स्थानीय कृषकले पालेका बोकाको संस्थानको हेटौँडा शाखाले २६ केजी माथिको प्रतिकेजी रु २४० र २५ केजीभन्दा माथिको प्रतिकेजी रु २५५ मा खरिद गरी काठमाडौँ पठाउन खोजेको हो ।

यसैगरी २० केजीभन्दा बढी तौल भएको खसीको प्रतिकेजी रु २६५ मूल्य कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा यहाँ बसेको खाद्य आपूर्ति समितिको सर्वपक्षीय बैठकले खसीबोकाको मूल्य कायम गरेको हो ।

आगामी कात्तिक ५ गतेसम्ममा काठमाडौँमा कुल ९३५ वटा खसीबोका पठाउने लक्ष्य राखिएको छ । रासस

0 comments:

Post a Comment