शल्यक्रियामा प्रयोग भयो नक्कली औषधि, बिरामीको अवस्था गम्भीर

By
Advertisement

नेपालकै राम्रो भनेर चिनिने प्रसुती गृह हो काठमाडौँको थापाथलीमा रहेको प्रसुती अस्पतालमा | तर प्रसुति गराउन अपरेशन गर्दा नकली औषधिको प्रयोग भए पछि हाल यो अस्पतालका विभिन्न सेवाहरु बन्द गरिएको उज्यालो अनलाइनले जनाएको छ |

प्रसुती गृहमा शल्यक्रिया गर्दा नक्कली औसधि प्रयोग भएको हो | यसरि नक्कली औषधि प्रयोग गर्दा सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर असर परेको छ | अस्पतालले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरेको छ भने नया भर्ना पनि रोकेको छ |

अस्पतालमा आएका बिरामीलाइ भने अन्यत्र विभिन्न अस्पतालमा पठाएको छ | गलत औषधि प्रयोग गरि प्रसुती अस्पतालमा शल्यक्रिया गरेर अवस्था गम्भीर बनेपछि लता गुरुङलाइ अस्पतालले नागरिक अस्पतालमा रिफर गरिदिएको छ | हाल उनको अवस्था निक्कै नै गम्भीर छ |

शल्यक्रियामा प्रयौग गरिने सरकारी औसधि नै नक्कली परेकोले यो समस्या उत्पन्न भएको जानकारी प्राप्त भएको छ | अस्पतालले आफ्नो सेवाहरु बन्द गरि समस्याबारे छलफल गरेको अस्पताल स्रोत बताउछ |

थापाथली प्रसुती अस्पतालको बारेमा पहिला पनि निक्कै नै कमेन्ट हरु आउने गरेको थियो | अस्पतालका नर्सहरुले बिरामीलाई नराम्रो व्यवहार गर्ने, गालि गर्ने, कुरुवाहरुलाई हप्काउने गर्ने गरेको पाइएको थियो | बिरामीले गाह्रो भो भन्दा गाह्रो हुन्छ भन्ने त मस्ती गर्दै मा सोच्नु पर्ने पर्ने थियो नि भनेर हप्काएको एक बिरामी कुरुवाले हामीलाई बताए |

नर्सहरुको यस्तो व्यवहार प्रति अस्पताल प्रशासनमा केहिले जानकारी दिए पनि उनीहरुको व्यवहार भने उस्तै रहेको, कुनै परिवर्तन आएको देखिएको छैन |

अस्पताल प्रशाशनले भने अपरेशन थिएटरमा शुक्रबारदेखि संक्रमण भएको पाईएको जनाएको छ | छलफल पछी अस्पताल प्रशाशनले पोष्ट अपरेटिभ वार्ड र अपरेशन थिएटर निर्मलीकरण गर्नुपर्ने भन्दै आगामी मंगलबार सम्मको लागि बन्द गरेको छ | अस्पतालले सनिबार नै सूचना निकाली सो जानकारी दिएको थियो |

0 comments:

Post a Comment