कलेज ड्रेसमा मोटरसाइकल चलाउन नपाउने तथा छोटो स्कट लगाउन नपाउने नियम बन्दै गरेको छ |नेपालमा कक्षा ११ र १२ अध्ययनरत बिद्यार्थी हरुले मोटरसाइकल चलाउदा धेरै दुर्घटना भएको भन्दै कलेज ड्रेसमा बिध्यार्थिलाई मोटरसाइकल चलाउन बन्देज गर्न लागिएको हो |
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ सञ्चालन गरेका निजी कलेजहरु सरकारी मापदण्डविपरीत सञ्चालन भएका र शुल्क तथा विज्ञापनमा अनियमितता गरेकाहरुको बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलले तयार परेको प्रतिबेदनमा कलेज पोसाकमा बाइक चलाउन नपाउने ब्यबस्था गर्न सुझाब दिएको हो |
मोटरसाइकलमा दुघटनामा १६-२५ बर्षका युवाहरु धेरै भेटिए पछि उक्त निर्णय लिन लागिएको जानकारी दिइएको थियो | त्यस्तै गरि कलेजमा लगाउने पोशाकमा पनि अब नया नियम आउने भएको छ |
कलेज पढ्ने विद्यार्थीले चुज पाइन्ट लगाउन नपाउने पाइन्टको मोटा १६ इन्च भन्दा कम हुन नहुने, कम्मर भन्दा १ इन्च माथि पाइन्ट लगाउनु पर्ने, त्यस्तै स्कर्ट लगाउनेले पनि घुडा भन्दा २ इन्च मुनि सम्म छोप्ने गरि स्कर्ट लगाउनु पर्ने, सर्ट लगाउदा घाटी भन्दा १ इन्च तल सम्म मात्र सर्टको बटम खोल्न मिल्ने, सर्ट भन्दा बाहेक अरु पोसाक जस्तै कुर्ता सुरुवालहरुको घाटी १ इन्च भन्दा बढी खोलेको हुनु नहुने जस्ता नया नियमहरु लागु गर्न कार्यदलले तयार पारिएको पतिबेदनमा उल्लेख गरिएको छ |

0 comments:
Post a Comment