
बलीउड महानायक अमिताभ बच्चन पछी अब 'वान्टेड' 'दबंग' स्टार सलमान खानले पनि फेसबुक प्रयोग गर्न थालेका छन् ।
सलमानले आफ्नो पेजमा एक भिडियो संदेश जारी गर्दै भनेका छन् कि, "थुप्रै मानिसले मलाई भने कि फेसबुकमा तपाईको कयौ फर्जी पेजहरु छन् । उहाँहरुले मसंग सोध्नु पनि भएको थियो कि म कहिले देखि फेसबुकमा आउन थाल्नेछु ।"
फेसबुक पेज सुरु गरेपछि उनले भनेका छन् "म त भन्छु कि मेरो नामबाट जति पनि फर्जी account बनिएको छ सबैलाई मेरो पेजसंग मिलाउनुहोस । यो भन्दा बाहेक मा भन्न पनि के नै सक्छु र ?"
जानकारीमा आएको छ कि सलमान अक्टोबर देखि आफ्नो 'Being Human' seriesको नयाँ स्टोर्स शुरु गर्न गैरहेका छन् । यस्तोमा उनको फेसबुक प्रयोगले उनको संस्थालाई अझ बढी प्रचार मिल्ने पनि देखिन्छ ।
सलमानले भनेका छन् कि शुक्रबारबाट पुरा भारतमा हामी Being Human को stores सुरु गर्दैछौं । उनको फेसबुक पेज पनि शुक्रबार बिहान देखि नै सुरु भएको थियो ।
उनको पेजलाई १८ घण्टा भित्र नै २६ लाख मानिसले like गरेका थिए भने यो लेख लेख्दासम्म जम्मा २७,१७,३६६ जनाले Like गरिसकेका छन् ।

0 comments:
Post a Comment