
दाइजोको रुपमा गरगहना, बाइक, सोफा तथा अन्य फर्निचर, सम्पत्तिहरु आदिको माग गरेको कुरा हामीले सुनेकै छौ |
नेपाल अनि भारतमा पनि कतिपय ठाउमा अझै पनि दाइजोको रुपमा यस्ता गहना देखि पैसाहरु नल्याउदा महिला लाइ कुटपिट गरेको, घरबाट निकालेको जस्ता घटनाहरु हामीले सुन्दै आइरहेका छौ |

छत्तीसगढमा करिब २५ हजारको संख्यामा रहेका सपेरेको यस परम्परामा बिबाह गर्ने केटिले भिन्न भिन्न ९ जातका सर्प दाइजो दिनु पर्दछ | यदि केटि पक्षले दर्प दिएन भने त्यो बिबाह तोडिन्छ |
यो परम्पराको कारण कहिले कहिँ बाबु आमा निक्कै निरास हुने गर्दछन र आफ्नो छोरीको बिबाह कुनै बाधा अड्चन बिना पुरा होस् भनेर विभिन्न ९ जातका सर्प समातेर ल्याउने गर्दछन |

बिबाहको लागि अन्य सबै कुरा तयार भए पनि सर्पको कारणले कतिले धेरै समय रोकिनु पर्छ भने कतिले सर्प नभेट्टाउदा बिहे नै रोक्नु पर्दछ | सर्प खोज्न जाँदा कतिपय व्यक्तिहरुको जंगलमै सर्पले टोकेर मृत्यु पनि हुने गरेको छ |
सरकारले बनाएको नया नियममा सर्प समाउनमा बन्देज लगाएपछि उनीहरुलाई झनै दुख हुन थालेको छ |
Snake On marriage
0 comments:
Post a Comment