
बैद्य माओवादीको भारत बिरोधि कार्यक्रम सुरु भएको छ |
असोज १० गते बिहान देखि नै चितवनको पुल्चोकमा जिल्ला स्तरीय नेताहरुले नै भारतीय नम्बर प्लेटका गाडी र भारतबाट सामान लिएर आउने गाडी रोकिराखेको खबर नेपालि मिडियामा छाइरहेको छ |
“चितवनका मुख्य नाकाहरु पुल्चोक, आपटारी, लोथार र रत्ननगरमा नेकपा–माओवादीका कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटका गाडी र भारतबाट खाद्यान्न बोकेर ल्याउने गाडीलाई रोकीराखेका छन्" स्थानीय पत्रकार नारायण ढुंगानाले बताएका भन्दै विभिन्न मिडियाले लेखेका छन् |
भारतीय सबारी साधनले नेपालको कृषिजन्यपर्दाथलाइ प्रभाब पार्नुका साथै छिट्टै नष्ट हुने सामाग्रीहरु जस्तै माछा, केरा, दूध आदिको ओसारपसार गर्दा नेपाली उत्पादन त्यसै खेर गैरहेकोले यस्ता सबै साधन रोक लगाइएको नेकपा-माओवादी चितवनका नारायण शर्माले बताए |
त्यस्तै हिन्दी गित र भारतीय च्यानल पनि प्रसारण रोक्न लगाइएको छ | नेपाली संगित बजारले गति लिन नसकेको बेला हण्डी चलचित्र तथा गीतको प्रसारण गर्न नहुने भन्दै हिन्दी गीत र भारतीय च्यानलमा पनि रोक लगाइएको नेकपा–माओवादीले हिन्दी गीत र च्यानलमा पनि रोक लगाइएको बताएको छ |
0 comments:
Post a Comment