आज पोखरा बन्द, पोखरेलीले बिशाल प्रदर्शन गर्ने

By
Advertisement

नेपालमा कुनै पनि कुराको माग गर्दै बन्द नै गर्ने प्रचलन बढेको छ | सरकार पनि उस्तै छ बन्द नगरि कसैको मागको बारेमा सुन्दै सुन्दैन |

५ दिन देखि आमरण अनसन बसेका डाक्टर गोबिन्द के सी सिकिस्तै हुदा सम्म सरकारले कुनै प्रतिक्रिया जनाएन तर जब सबै स्वास्थ्य संस्था बन्द भए त्यस पछि मात्र सरकारको कानमा बतास पस्यो र सहि निर्णय गर्यो |


यस्तै पोखरामा क्षेत्रीय बिमानस्थल बनाउनु पर्ने माग गर्दै पोखरेलीले आज पोखरा बन्द गरेका छन् | बन्दका कारण सबै उद्योग कलकारखाना, ब्यबसाय, शैक्षिक संस्था बन्द रहे पनि यातायात भने खुल्ला रहेको छ |

पोखरा पर्यटकीय स्थल भएकोले आउने जाने मान्छेहरुले पिडा खेप्नु नपरोस भनि यातायात संचालन गर्न दिएको हो |

पोखराको विमानस्थल निर्माणको लागि आह्वान गरिएको टेन्डर चिनिया कम्पनी सिएमसीई कम्पनीलाई परेको थियो |

सिएमसिईले २७ अर्व अर्थात् ३० करोड ५ लाख अमेरीकी डलर लाग्ने जानकारी दिए पछि नागरिक उड्डयन प्राधिकरणले लागत धेरै भएको भन्दै बिरोध गरेपछि प्रकिया अघि बढ्न नसकेको हो |

पोखरेलीहरुले बिरोधका अरु कार्यक्रमा पनि घोषणा गरेका छन् | आज १५ हजार भन्दा बढी पोखरेली सहभागी भइ बिशाल र्याली तथा जन प्रदर्शन हुने |

भदौ ७ गते १ दिन पोखरा बिमानस्थल बन्द गर्ने र १४ गते सम्म पनि मागको बारेमा कुनै सुनुवाई नभए वास्ता नगरे १५ गते देखि अनिश्चित कालका लागि पोखरा बिमान स्थल बन्द गरिने कार्यक्रम सार्बजनिक गरेका छन् |

0 comments:

Post a Comment