यहि हो त राहत?? : पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि

By
Advertisement
विश्व बजारमा इन्धनको मूल्य बढेकोले आयल निगमको घाटामा वृद्धि भएको भन्दै सरकारले फेरी इन्धनको मुल्यमा वृद्धि गरेको छ | आइतबार बसेको संचालक समितिको बैठकबाट पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाउने निर्णय गरेको हो |

अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १ सय २५ रुपैया, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैया, ग्यास प्रति सिलिन्डर १ हजार ४ सय ७० पुगेको छ |

नेपाल आयल निगमले भने आयल निगमको बढ्दो घाटा कम गर्न मूल्य बढाउनु पर्ने बाध्यता भएको जनाएको छ | आयल निगम्न्का अनुसार हाल निगमको माशिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ |

0 comments:

Post a Comment