---श्रीधर न्यौपाने
अघिल्लो महिनामा पाँच दिन बन्द भो
यो महिना त झन बन्द सात दिन पो !
आउने महिनाको बन्द पात्रो बन्दै छ
मेरो मन एउटा गाँठि कुरा भन्दै छ
सबै भन्छन यसरी अब देश चल्दैन
म भन्छु हप्तामा एक दिन बन्द बार थप्न मिल्दैन ?
सात बार त छँदै छ एक बार थपौं
आठौं बारको नाम हामी बन्द बार राखौं
बन्द गर्ने पक्षले पहिल्यै दाबी गरौं
पालैपालो सबै मिली गरि नेपाल ठप्प पारौं ।
नेता भन्छन यसरी अब देश चल्दैन
बन्द चाहिन्छ भने बन्द बार थप्न मिल्दैन ?
दबाब दिन बन्द गर्ने चलन निकै राम्रो
नयाँ बार थपेपछि नामै बस्छ हाम्रो
इतिहाँस राम्रो बन्छ छवि उस्तै राम्रो
गिनीज बुकमै नाम बसे इज्जत बढ्थ्यो हाम्रो
बुद्धिजीवी दुःख पोख्छन यसरी अब देश चल्दैन
हाम्रो देशको सुधार गर्न बन्द बार थप्न मिल्दैन ?
shree4u@gmail.com
0 comments:
Post a Comment