
१ कात्तिक, काठमाडौँ | कीर्तिपुरको खसीबजारमा माइक्रो बसले ठक्कर दिदा दुइ व्यक्तिको मृत्यु भएको छ |
मृत्यु हुनेमा ४५ बर्षीय मच्छिन्द्र महर्जन र ५० बर्षीय प्रकाश महर्जन रहेका छन् | उनीहरु दुबैको बल्खुस्थित स्टार अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो |
बा २ ख १८९२ नम्वरको उक्त माईक्रो बसको ठक्करबाट घाइते भएका स्थानीय देबेन्द्र शाहीको भने अस्पतालमा उपचार भैरहेको छ |
कालिमाटी प्रहरीका अनुसार दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ | प्रहरीले उक्त बस नियन्त्रनमा लिए पनि चालक भने फरार छन् |
0 comments:
Post a Comment