
दशैको लागि खसीबोकाको कारोबार बढ्दै गएपछि काठमाडौ भित्रिएका खसीबोकाको स्वास्थ परीक्षण गर्न थालिएको छ |
धेरै खसीबोकाको खरिदबिक्री हुने भएकाले स्वास्थ्य परीक्षण भएका मात्र किन्न सरोकारवालाहरुले उपभोक्तालाई सुझाब दिएका छन् |
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य परिक्षण गरि स्वस्थ खसीको सिङमा हरियो संकेत र अस्वस्थ खसीको सिङमा रातो रंग लगाएको छ |
खसीको सिङमा चिन्ह लगाउने काम भैरहेकोले परिक्षण भैसकेका खसी मात्र किन्न महानगरपालिकाले सर्बसाधारणलाइ आग्रह गरेको छ |
नेपाल खाद्य संस्थान भने खसीबोकाको स्वास्थ परीक्षण गराएर मात्र बिक्रि वितरणको लागि राखेको जनाएको छ | मंगलबार पहिलो दिनमै संस्थानको कार्यालय थापाथलीबाट १ सय ९० वटा खसीबोका बिक्री भएका छन् |
सस्थान बाट बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खसीबोका खरीद बिक्रि हुने गर्दछ |
0 comments:
Post a Comment