धादिङको मुरलीभन्ज्याङ गाविस-७ निगालपानीका स्थानीय बासिन्दाले धादिङको जिबिसको निर्णय प्रति सडकमा दूध पोखेर रोपाइँ गरि बिरोध प्रकट गरेका हुन् |
बर्षायाममा सबारी चलाउदा सडक जिर्ण बन्छ भन्दै धादिङको उत्तरी क्षेत्र र गोरखा जिल्ला जोड्ने धादिङबेंसी-सल्यानटार सडकमा जिविसले मोटर संचालनमा रोक लगाएको थियो |
सडक बन्द भएपछि गाउका सामानहरु बजार ल्याउन नसक्दा किसान मर्कामा परेका छन् | २०४३ सालमा बनाउन सुरु गरिएको उक्त सडक निर्माण अझै पुरा हुन सकेको छैन |
२०४३ सालदेखि निर्माण सुरु गरिएको उक्त ग्रामीण सडक हरेक वर्ष वर्षायाममा बन्द गरिँदै आएको छ ।
बाटो बनाउनको लागि भन्दै हरेक वर्ष बर्षायाममा सडक बन्द गरेपछि सडक बन्नुको सट्टा सडकको अबस्था झन पैदल हिन्द समेत नहुने गरि बिग्रिएकोले आक्रोशित किसानले सडकमा दुध खन्याएर रोपाइँ गरेका हुन् | यति गर्दा पनि जिबिस ले बेवास्ता गरे जिबिस कै प्राङ्गणमा दुध पोखी बिरोद गरिने त्यहाका स्थानीय कृषकहरुले चेतावनी दिएका छन् |

0 comments:
Post a Comment