सरकारले संबिधान सभाको चुनाब गराउन सक्दैन : राष्ट्रपति यादब

By
Advertisement
अध्यादेश जारि गरेरै भए पनि देश चलाउदै आएका प्रधानमन्त्रीले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाउदा राष्ट्रपतिले फिर्ता गरेपछि एमाओवादी राष्ट्रपति संग निक्कै नै रिसाएको छ |

चन्द्रनिगाहपुर पुगेका प्रचण्डले त पत्रकार सम्मेलनमा सरकारले पठाएको अध्यादेश फिर्ता गर्दै गए राम्रो नहुने पनि भने | उता एमाओबादीले राष्ट्रपतिको यो कदम दुर्भाग्य पूर्ण भन्दै त्यसको बिरुद्धमा जनपरिचालन गर्ने बताइसकेको छ |


राष्ट्रपति  रामबरण यादबले निर्बाचन सम्बन्धि केहि ऐनलाइ संसोधन गर्न अध्यादेश जारी गर्नु पर्ने भएकोले पठाएको अध्यादेश फिर्ता पठाएका थिए |

राष्ट्रपतिले  भने सरकारले संबिधान सभाको चुनाब गराउन नसक्ने बताएका छन् | आइतबार बिहान काठमाडौँको सुन्दरीजल स्थित ओख्रेनी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्‍घाटन कार्यक्रममा बोल्दै राष्ट्रपतिले राष्ट्रिय सहमतिमा मात्र संबिधान सभाको चुनाब हुन सक्ने र निर्वाचन आयोगले पनि चुनाब हुन सक्दैन भनेकाले अध्यादेश जारि गर्नुको कुनै अर्थ नभएकोले जारि नगरेको बताए |

चार दल एक नभए आन्दोलन बाट प्राप्त भएको उपलब्धि गुम्ने भन्दै एमाओबादीलाई लक्षित गरेर सरकारले कानुन मात्रै पढे पुग्ने तर आफुले संबिधान पनि पढ्नु पर्ने राष्ट्रपतिले बताए |

0 comments:

Post a Comment