
यसपाली पनि नेपाल विद्युत प्राधिकरणले अहिले देखि नै लोडसेडिङ्ग बढाउन सुरु गरि सकेको छ | केहि दिन अघि देखि नै अघोषित रुपमा दिनको १-२ घण्टा लोडसेडिङ्ग बढाई रहेको थियो |
तर आज प्राधिकरणले सूचना प्रकाशित गरि भाद्र ४ गते सोमबार देखि दिनको ६-७ घण्टा लोडसेडिङ्ग हुने जानकारी दिएको छ |
तालिका अनुसार हप्ताको ४६ घण्टा पुगेको छ | अब हप्तामा ४ दिन ७-७ घण्टा र ३ दिन ६-६ घण्टा विद्युत कटौती हुनेछ ।
पोहोर भन्दा कुलेखानीमा पानीको सतह कम भएको र भारत बाट पनि अहिले आइरहेको भन्दा बिद्युत कटौती भएकोले लोडसेडिङ्ग बढाउनु परेको प्राधिकरणले जनाएको छ |
आइबार नया तालिका यस्तो छ |
New Loadshedding Schedule of Bhadra 4 2069 / August 20 2012

0 comments:
Post a Comment