एक चिट्टी ९८ वर्ष पछि स्कटल्याण्डको समुन्द्रमा फेला परेको छ | एक जना माझी एन्ड्रयु लीपर (Andrew Leaper )ले १९१४ मा छाडिएको उक्त चिट्टी फेला पारेका हुन् | यसले गिनिज वर्ल्ड रेकर्ड मा एक नया रेकर्ड राखेको छ | गिनीज वर्ल्ड रेकर्डले बिहीबार नै यो चिठी अहिले सम्मको सबै भन्दा पुरानो चिट्ठी भएको पुष्टि गरेको छ |
1890 को यूद्धको ब्याचमा जारी गरिएको उक्त चिट्ठी स्कटल्याण्डको चारैतर्फको समुन्द्री भूभागको नक्साको अनुमान गर्न जारी गरिएको अनुमान गरिएको छ |
बोतलको भित्र एउटा पोस्टकार्डमा खोजकर्ताले खोजको विवरण पेश गर्न अनुरोध गरेका छन् जसका निमित्त उनीहरुले ६ पेन्सको इनाम दिने पनि बताएका छन् | तर लीपरको दुर्भाग्य उनका निमित्त यो पुरस्कार उपलब्ध छैन किनकि ६ पेन्स अब अस्तित्वमा नै छैन |AP

0 comments:
Post a Comment