फेसबुकलाइ पनि सेन्सरको झड्का, पायो पिजी सर्टिफिकेट (With Video)

By
Advertisement
विश्वमै धेरै प्रयोग हुने सामाजिक संजाल फेसबुकमा आधारित भएर निर्माण गरिएको भनिएको नेपाली चलचित्र फेशबुकलाइ पनि सेन्सरले झड्का दिएको छ | तर अरु लाइ जस्तो दरो झड्का भने होइन | केहि सीन काटे तापनि १३ वर्ष मुनिका बालबालिकाले भने हेर्नको लागि बाबुआमालाई पनि संगै ल्याउनु पर्ने भएको छ |

फिल्मी खबरका अनुसार शुक्रबार सेन्सरले फिल्म हेरेपछि पिजी सर्टिफिकेट थमाउँदै केहि संवाद समेत काटेको निर्माता सुनिल कुमार ले बताएका थिए |
केहि शब्दहरु छाडा भएको भन्दै कतेपानी सीं भने कुनै पनि काट्नु नपरेको निर्माताले बताए | फिल्ममा भएका केहि दृश्यहरुले बच्चाहरु धेरै डराउन सक्ने भन्दै पिजी सर्टिफिकेट दिएको थियो |
यहि भाद्र २२ गते बाट देशका अधिकांस सिनेमा हलमा लाग्ने यो सिनेमामा राजेश हमाल, झरना थापा, सुवास थापा, स्वतन्त्र प्रताप शाह, अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, सुमन गैरे लगायतको मुख्य अभिनय रहेको छ भने सुरज सुब्बाले निर्देशन गरेका छन् |



0 comments:

Post a Comment